रौतहट क्षेत्र नं–२ (क) का पूर्व प्रदेशसभा सदस्य ७५ वर्षीय नागेन्द्र प्रसाद सिन्हाको निधन भएको छ ।
गत आइतबार ब्रेन हेमरेज भएपछि ललितपुरस्थित मेडिसिटी अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरी उपचार भइरहेको थियो। उपचारकै क्रममा उनको मंगलबार दिउँसो निधन भएको अस्पतालले जनाएको छ।
ईशनाथ नगरपालिका वडा नम्बर २ का पुर्वप्रदेश सभा सदस्य सिन्हा ईशनाथ नगरप्रमुख कौशल्या देवीका श्रीमान हुन् ।
प्रकाशित: १३ माघ २०८२ १७:४७ मंगलबार





