१ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

रविको मुद्दा फिर्ता लिएको विषयमा बोल्दा युवराज सफल पक्राउ

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध बोलेकै कारण युवराज पौडेल ‘सफल’ पक्राउ परेका छन्। सामाजिक सञ्जालमा ‘तथ्यहीन अभिव्यक्ति तथा गाली बेइज्जती’ गरेको आरोपमा प्रहरीले सफललाई पक्राउ गरेको हो। 

प्रहरी स्रोतका अनुसार महान्यायाधिवक्ता सविता भण्डारीविरुद्ध विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा नकारात्मक, अपशब्द, गालीगलौजको भाषा बोलेको आरोप सफलमाथि छ। महान्यायाधिवक्ता कार्यालयले नै उनीमाथि आवश्यक कानुनी कारबाही गरिदिन भन्दै केही दिनअघि प्रहरीलाई पत्राचार नै गरेको खुलेको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले सफललाई पक्राउ गरेर मंगलबारै काठमाडौं जिल्ला अदालतमा पेस पनि गरेको थियो। जिल्ला अदालतले उनलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति समेत दिएको छ। 

May be an image of ticket stub and text

प्रकाशित: १३ माघ २०८२ १७:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App