८ वैशाख २०८१ शनिबार
राजनीति

राजधानीका लागि उपयुक्त ठाँउ खोज्दै जाँदा भालुवाङ भेटियो : मुख्यमन्त्री पोख्रेल

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेश राजधानीका लागि प्रदेशवासीको साझा मनोविज्ञानको प्रतिनिधित्व गर्ने सबैभन्दा उपयुक्त ठाँउको खोजी गर्दै जाँदा दाङको राप्ती उपत्यका भेटिएको दावी गरेका छन्। तीनवटै  आञ्चलीक मनोविज्ञानलाई जोडने काम राप्ती नदीले गर्ने भएकाले त्यही राप्ती नदीको किनारमा रहेको राप्ती उपत्यकामा प्रदेशको स्थायी राजधानी बनाउने  प्रस्ताव सरकारले ल्याएको उनले बताए। आञ्चलिक मनोविज्ञानलाई सम्बोधन हुने, प्रदेशका बाह्रवटै जिल्लालाई पायक पर्ने,दिर्घकालिन रुपमा व्यवस्थित शहर निर्माणका लागि प्रयाप्त जग्गा र सिंगो प्रदेशको साझ पहिचान झल्कने स्थानलाई नै प्रदेशको स्थायी राजधानी बनाउन लागिएको दावी गरे।  

सरकारले सदनमा प्रस्तुत गरेको नाम र राजधानी सम्बन्धी प्रस्तावमा सत्ता प्रतिपक्ष कसैले बिरोध गर्नु पर्ने ठाँउ नभएको पनि उनले बताए। भर्जिन ल्याण्डमा व्यवस्थित र नमुना शहर बनाउने दीर्घकालिन सोँच अनुरुप सरकारले ल्याएको प्रस्तावलाई सबैले स्वीकार गरी पारित गर्न उनले आग्रह गरेका थिए। मुख्य मन्त्रीले रुपन्देही र कपिलबस्तुलाई  वित्तीय तथा पर्यटकीय राजधानी बनाउने भन्दै प्रदेश सरकारले सबै क्षेत्रको समान विकास र विस्तारलाई प्रदेश सरकारले सुरुदेखि नै प्राथमिकता दिएर अगाडि बढेको बताए।  

नाम र राजधानीका सम्बन्धमा राजनीतिक सहमती नखोजीएको भनेर हल्ला मात्रै गरिएको भन्दै उनले नेपाली कांग्रेसका केन्द्रीय सभापतीसँगै यसबारे छलफल गर्न  बारम्बार प्रयास गरिएपनि प्रतिपक्ष दल नै तयार नभएको बताए। त्यस्तै कांग्रेसका रुपन्देहीकै केन्द्रीय नेताहरुलाई समेत आफुले बसेर छलफल गरौ भनेर प्रस्ताव गरेपनि उनहरुनै छलफल गर्न नमानेको पनि बताए। मुख्यमन्त्रीले केहीदिन अघि  आफ्नो गाडीमा ढुंगा हानिएको घटनाप्रति रोष प्रकट गर्दै काँग्रेसले आफ्ना कार्यकर्तालाई ढुंगामुढामा उतारेको आरोप लगाए।    

 

प्रकाशित: २० आश्विन २०७७ ०९:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App