संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) गठबन्धन सरकार एक वर्ष पुग्ने क्रममा छ। गत वर्षको असार १७ गते कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सातबुँदे समझदारीपत्रमा हस्ताक्षर भएको थियो। उक्त समझदारीअनुसार असार ३० गते ओली प्रधानमन्त्री बनेका थिए। यसर्थ, अबको एक हप्तामा कांग्रेस-एमाले गठबन्धन सरकारको एक वर्ष पुग्दैछ।
तर, समझदारीमा मुख्य बुँदा बनाइएका संविधान संशोधनदेखि सुशासन र सामाजिक न्यायसम्बन्धी सरकारका कार्यसम्पादन भने चित्तबुझ्दो नभएको गुनासा नागरिक स्तरमै देखिन्छ। यसैबीच गठबन्धन सरकारको समीक्षा, टिप्पणी र आलोचना सुरु भएको छ।
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र), अरु प्रतिपक्ष दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा (एकीकृत समाजवादी) लगायतले सरकारले अपेक्षित काम नगरेको बताइरहेका छन्।
यसैबीच रास्वपा नेता गणेश कार्कीले सरकारको एक वर्षको हिसाबकिताब भन्दै व्यङ्ग्य कसेका छन्। उनले लेखेका छन्, ‘कांग्रेस र एमालेको सरकारको एक बर्ष पुग्यो भनेर हिसाबकिताब खोज्न थालिएछ। बेचन झा फच्चे। आलम फच्चे। नक्कली भुटानी शरणार्थी फच्चे। टीकापुर जग्गा घोटला फच्चे। बालमन्दिर जग्गा फच्चे। गिरीबन्धु चिया बगान फच्चे। ५२ जनाको नियुक्ति फच्चे। हिसाब सजिलो छ त।‘
प्रकाशित: २४ असार २०८२ १७:३६ मंगलबार





