राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रधानमन्त्रीसँग स्पेन भ्रमणमा गएकाहरू नफर्किएको भन्ने विषयमा प्रश्न गरेको छ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा सांसद सोविता गौतमले प्रधानमन्त्रीसँगै स्पेन पुगेका केही व्यक्तिहरू नफर्किएको समाचार सुनिएको भन्दै प्रश्न गरेकी हुन्।
उनले भनिन्,'रास्वपा भिजिट भिसाको दुरुपयोग गरी मानव तस्करी गर्ने विरुद्ध संसदीय छानबिन समिति वा उच्चस्तरीय जाँचबुझ आयोगको माग सहित यो सदनमा अभिएको छ। स्वयम प्रधानमन्त्री जानुभएको स्पेनको कार्यक्रममा समेत केही मानिसहरू कार्यक्रममा सहभागी हुने बाहाना गरेर नफर्किएको भन्ने लगायतका समाचारहरू आएका छन्।'
प्रकाशित: २४ असार २०८२ १३:३६ मंगलबार





