२२ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

ज्ञानेन्द्रकाे टिप्पणी: निर्मलालाई न्याय नदिएका गृहमन्त्रीले एलिना र समीक्षालाई दिन्छन् रे

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले गृहमन्त्रीले एलिना र समीक्षालाई न्याय दिन्छु भन्ने कुरालाई दिएर टिप्पणी गरेका छन्।

मंगलबार सामाजिक सञ्जालमा लेख्दै शाहीले आफ्नै जिल्लाकी निर्मला पन्तलाई न्याय दिन नसकेको पनि आरोप लगाएका छन्।

उनले लेखेका छन्,'एलिना र समीक्षालाई न्याय दिलाउँछु भनेछन् गृहमन्त्री ज्युले आफ्नै जिल्लाकी निर्मला पन्तको बलात्कार पछि हत्याको सिकार हुँदा त न्याय नदिएकाले गायिका बहिनीहरूलाई  न्याय दिन्छन् रे ?'

सामाजिक सञ्जालमा दुर्व्यवहार भोगिरहेका गायिका एलिना चौहान र समीक्षा अधिकारीले मंगलबार नै गृहमन्त्री रमेश लेखकसँग भेटका थिए।

उनले आफूहरूले दुर्व्यवहार भोगिरहेको विषयमा आवश्यक सहयोग प्रदान गर्न गृहमन्त्रीलाई विशेष धन्यवाद समेत दिएका छन्। 

प्रकाशित: १७ असार २०८२ १६:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App