पूर्णकालीन पार्टी राजनीतिमा आउन लागेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सुविधा फिर्ताका लागि गृह मन्त्रालयलाई आग्रह गरेकी छिन् ।
नेकपा एमालेको राजनीतिमा सक्रिय हुन लागेकी पूर्व राष्ट्रपति भण्डारीले सो हैसियतमा पाएको सरकारी सेवा फिर्ताका लागि गृह मन्त्रालयलाई आग्रह गरेकी छिन् । पूर्व राष्ट्रपति भण्डारीका स्वकीय सचिवालय सदस्य राजकुमार राईले यो विषयमा आफू जानकार नभएको बताएका छन् । तर पूर्व भण्डारी निकट रहेका एक नेताले प्रकृया सुरु भैसकेको बताए ।
पूर्व राष्ट्रपति भण्डारीले शनिवार मात्रै सभा गृहबाटै एमाले परिवारको सदस्य भएको र सदस्यता नवीकरण गरिसकेको बताएकी थिइन । गृह मन्त्रालयले भने आधिकारिक रुपमा पत्र आई नपुगेको जनाएको छ । ‘ पूर्व राष्ट्रपतिज्यूको सेवा सुविधा फिर्ताबारे मन्त्रालयलाई औपचारिक जानकारी छैन’, गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले भने ।
भण्डारीलाई गृह मन्त्रालयले एक उपसचिव सरहका स्वकीय सचिव, कार्यालय सहयोगी समेतको लागि मासिक डेढ लाख रुपैयाँ उपलब्ध गराएको ती सबै सुविधा फिर्ता हुने छन् । तर भण्डारीलाई प्रोटोकलभित्र दिइएको सुरक्षा भने हटाउन नमिल्ने गृह मन्त्रालयको भनाई छ ।
प्रकाशित: १६ असार २०८२ १७:३७ सोमबार





