१६ माघ २०८२ शुक्रबार
image/svg+xml
राजनीति

रुपन्देही-३ उपनिर्वाचन: लोकतान्त्रिक मोर्चाबाट नागरिक उन्मुक्तिको उम्मेदवार?

सात मधेसकेन्द्रित दलसम्बद्ध सङ्घीय लोकतान्त्रिक मोर्चाले रुपन्देही-३ मा हुँदै गरेको उपनिर्वाचनमा साझा उम्मेदवार तय गर्दैछ। यसबारे मोर्चाभित्र छलफल भइरहेको छ। त्यसमा मुख्यत: रञ्जिता श्रेष्ठ चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी र डा. चन्द्रकान्त राउत नेतृत्वको जनमत पार्टीले दाबेदारी प्रस्तुत गरेका छन्।

नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले उपनिर्वाचनमा पार्टीले सक्रिय रूपमा सहभागिता जनाउने बताएकी छन्। गत निर्वाचनम राम्रो जनमत प्राप्त भएको उल्लेख गर्दै उनले भनेकी छन्, ‘यो उपनिर्वाचनमा पनि नागरिक उन्मुक्ति पार्टी सक्रिय रूपमा भाग लिन्छ।’

उनले उम्मेदवार छान्ने जिम्मा पार्टीका संरक्षक रेशम चौधरीलाई दिएको बताएकी छन्। ‘यस सम्बन्धमा उम्मेदवार चयनको पूर्ण जिम्मेवारी मैले पार्टीका संरक्षक एवम् जननेता रेशम चौधरीज्यूलाई सुम्पिएको छु,’ उनले भनेकी छन्। सँगैमा उनले पार्टीका सबै नेता-कार्यकर्ताहरूलाई संरक्षक चौधरीको निर्देशनअनुसार जुट्न आह्वान गरेकी छन्।

उता अर्को दाबेदारी पार्टी जनमत पार्टीको बैठक बसिरहेको छ। बैठकले यसबारे निर्णय लिने प्रवक्ता डा. शरदसिंह यादवले बताएका छन्। तर, पार्टीको बलियो दाबेदारी रहेको उनले बताएका छन्।

मोर्चासम्बद्ध अर्को दल राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता केशव झाका अनुसार नागरिक उन्मुक्ति र जनमतबीच कुरा मिलेपछि सबै कुरा मिल्नेछ। अरु पार्टीहरूले समर्थन गर्ने उनी बताउँछन्। ‘दुईवटा पार्टीका बीचमा सहमति भएपछि सबै कुरा मिलिहाल्छ। अरु पार्टीहरूको सहमति नै छ,’ उनले भने।

अर्का एक नेता भने उम्मेदवार नागरिक उन्मुक्तिको हुने लगभग तय भएको बताउँछन्। ‘लगभग उम्मेदवार नागरिक उन्मुक्तिको हुने तय भइसकेको छ, त्यसमा अब जनमतको के कुरा आउँछ, बैठक बस्दैछ। तर, मलाई लाग्छ- नागरिक उन्मुक्तिबाट तय हुन्छ।’

त्यसो त गत निर्वाचनमा मोर्चासम्बद्ध दलहरूमध्ये सबैभन्दा बढी मत नागरिक उन्मुक्तिले नै ल्याएको थियो। समानुपातिकतर्फको मत हेर्दा नागरिक उन्मुक्ति पार्टीले ६ हजार १० र जनमतले ३ हजार ७३२ मत पाएको थियो। त्यसबाहेक जनता समाजवादी पार्टी नेपालले ५ हजार २९१ र लोकतान्त्रिक समाजवादी पार्टीले ५ हजार ५३ मत पाएका थिए। सुरुमा उनीहरूले पनि उम्मेदवारीका लागि दाबेदारी प्रस्तुत गरेका थिए तर, अहिले उनीहरू पछि हटिसकेको ती नेताले बताए।

यो पनि पढ्नुहोस्

रुपन्देही ३ उपनिर्वाचन: लोकतान्त्रिक मोर्चाले साझा उम्मेदवार तय गर्ने

प्रकाशित: १६ असार २०८२ १७:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App