१५ माघ २०८२ बिहीबार
image/svg+xml
राजनीति

अर्थमन्त्री पोडियममा उभिँदा रास्वपाले चर्कायो नाराबाजी

अर्थमन्त्री विष्णु पौडेलले संसद्‌मा सांसदहरूले उठाएको प्रश्नहरूको जवाफ दिइरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नाराबाजी चर्काएको छ।

सोमबार (आज) आर्थिक वर्ष २०८२/०८३ को राजस्व व्ययको वार्षिक अनुमानमाथिको छलफल जारी छ। त्यसका क्रममा सांसदहरूले उठाएको प्रश्नहरूको जवाफ दिन अर्थमन्त्री पौडेल पोडियममा उभिएसँगै रास्वपा सांसदहरू नाराबाजी चर्काएका हुन्।

उनीहरूले 'जनता बेच्न पाइँदैन', 'गृहमन्त्री राजीनामा दे'लगायतका नाराबाजी गरिरहेका छन्। गत जेठ १४ गतेयता संसद् अवरुद्ध गर्दै आएको रास्वपाले आजको सदनमा पनि नाराबाजी गरिरहेको हो। रास्वपाले भिजिट भिसा प्रकरणमा छानबिन समिति बन्नुपर्ने माग राखेको छ।

प्रकाशित: २ असार २०८२ १६:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App