राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले राज्यले नै नागरिकलाई लुटिरहेको भन्दै आरोपित गरेका छन्।
'नागरिकको जीवन रक्षा राज्यको प्रथम दायित्व हो। तर, जब राज्य नै अनेक नीति र संरचना बनाएर नागरिकलाई दु:ख दिन्छ, लुट्छ। तब आन्दोलन त हुन्छ। निरन्तर हुन्छ,' परियारले फेसबूकमा लेखेका छन्।
रास्वपाले जेठ १४ गतेयता संसद् अवरुद्ध गर्दै आएको छ। सोमबार (आज) को संसद् बैठकमा पनि रास्वपाले निरन्तर नाराबाजी गरिरहेको छ। तर, सभामुख देवराज घिमिरेले निरन्तर बैठक जारी राखेका छन्।
प्रकाशित: २ असार २०८२ १५:२८ सोमबार





