२० पुस २०८२ आइतबार
image/svg+xml
राजनीति

माओवादीको बटमलाइन: बजेटमाथि छलफल हुनुपूर्व भिजिट भिसा प्रकरण सल्टाउनुपर्छ

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा सांसद वर्षमान पुनले बजेटमाथि छलफल हुनुपूर्व भिजिट भिसा प्रकरण सल्टिनुपर्ने बताएका छन्।

बुधबार (आज) नयाँ बानेश्वरमा पत्रकारहरूसँग कुरा गर्दै पुनले यस्तो बताए। 'सदन चलाउनुपर्छ, त्यो सरकारको जिम्मेवारी हो। बजेट हामीले प्रस्तुत हुन दिएका छौँ, त्यसमाथि छलफल हुनुपर्छ। त्यसअघि खासगरी भिजिट भिसासम्बन्धी प्रकरणलाई सरकारले सल्टाउनुपर्छ,' उनले भने।

उनले सरकार लचक बन्नुपर्ने बताए। आफूहरूले विषयलाई सहज ढङ्गले सल्टाउन खोजेको उल्लेख गर्दै भने, 'सरकार लचक बन्नुपर्‍यो, किन इस्यू होइन भन्नुपर्‍यो। कि प्रतिपक्षले उठाएको इस्यू बेठीक छ भन्न सक्नुपर्छ कि सही छ भने छलफलमार्फत टुङ्ग्याउनुपर्छ।'

गृहमन्त्री रमेश लेखक दोषी छन् भनिएका भिजिट भिसा प्रकरणमा छानबिन समितिको माग गर्दै प्रतिपक्ष दलहरूले संसद् अवरुद्ध गर्दै आएका छन्।

प्रकाशित: २८ जेष्ठ २०८२ १६:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App