२२ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

ओलीले भने: भीम रावलजस्तै बाहिरबाट ढुंगा हान्ने प्रवृत्ति वाञ्छनीय हुन्न

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी(नेकपा एमाले)भित्रका विषयमा सामाजिक सञ्जाल वा बाहिर गएर बोल्ने प्रवृत्ति सह्य नहुने बताएका छन्। आइतबार अनेरास्ववियुको महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै भीम रावलजस्तै प्रवृत्ति सह्य नहुने बताएका हुन्। 

‘आन्तरिक कुरा आन्तरिक हुन्छ, बाहिर गएपछि आन्तरिक मामिला हुन्न। बाहिर गएर ढुंगा हान्छ भने सहँदा सहँदा हैरान भएका छौँ,’ प्रधानमन्त्री ओलीले भने, ‘भीम रावलले वर्षौसम्म कहिल्यै पोजेटिभ कुरा नगर्ने, कहिल्यै पार्टीको पक्षमा कुरा नगर्ने, बाहिरबाट ढुंगा हानेको छ हानेको छ गर्ने।’ 

पार्टीको हुँ भन्न नछाड्ने र विरोध गर्न पनि नछाड्ने प्रवृत्तिले पार्टीलाई असर गरिरहेको पनि उनले बताए। उनले भने, ‘पार्टीभित्र हुँदा पनि अराजक, बाहिर हुँदा पनि अराजक। पद नदिए एक छिन पनि पदबिना बस्न नमान्ने।’ 

रावलले विगतमा आम्दानी हुने ठाउँ माग्ने गरेको पनि ओलीले बताए। ‘आम्दानी हुने ठाउँ आधी चाहियो, नत्र भने एक छिन बस्न नसक्ने। यस्ता प्रवृत्ति एमाले प्रवृत्ति होइनन्। यस्ता गतिविधि वाञ्छनीय हुन्न।’ 

प्रकाशित: २५ जेष्ठ २०८२ १६:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App