२२ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

फेरि सर्‍यो संसद् बैठक, अब आइतबार बस्ने

संसद् बैठक नबसी स्थगित भएको छ। शुक्रबार (आज) दिउँसो १ बजेका लागि तोकिएको बैठक बस्दै नबसी स्थगित भएको हो।

अब आइतबार दिउँसो १ बजे बस्ने सङ्घीय संसद् सचिवालयले सूचना टाँस गरी जानकारी दिएको छ।

बैठक बस्ने सन्दर्भमा भिजिट भिसा प्रकरणको विषयलाई लिएर सत्तापक्ष र प्रतिपक्षबीच कुरा मिलेको छैन।

प्रतिपक्षले उक्त प्रकरणमा छानबिन समिति बनाउनैपर्ने अडान कसेको छ भने सत्तापक्ष त्यसका प्रति उदासीन छ।

सत्तापक्ष र प्रतिपक्षको चेपुवामा परेको संसद् जेठ १४ गतेयता बस्न सकेको छैन।

प्रकाशित: २३ जेष्ठ २०८२ १५:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App