२३ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

प्रतिपक्ष दलहरूले भने: गृहमन्त्रीमाथि छानबिन हुनैपर्छ, अन्यथा संसद् चल्न दिँदैनौँ

प्रतिपक्ष दलहरूले गृहमन्त्री रमेश लेखकमाथि छानबिन हुनैपर्ने दोहोर्‍याएका छन्। शुक्रबार (आज) दिउँसो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बानेश्वरमा बसेको बैठकले यस्तो निष्कर्ष निकालेको रास्वपा सांसद शिशिर खनालले बताए।

'गृहमन्त्रीमाथि छानबिन नभएसम्म संसद् अवरोध कायमै राख्ने निर्णय आजको बैठकले गरेको छ। अरु दलसँग पनि कुरा गर्ने निर्णय भएको छ,' खनालले भने। प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रसहित रास्वपा, राप्रपा, एकीकृत समाजवादी, स्वतन्त्र सांसद प्रभु साहलगायत बैठक उपस्थित थिए।

प्रतिपक्ष दलहरूले गृहमन्त्री रमेश लेखकको संलग्नता छ भनिएको भिजिट भिसा प्रकरणमा छानबिन समिति नबनेसम्म संसद् बैठक बस्न नदिने अडान राखेका छन्। तर, सरकार पक्षले भने त्यसमा अख्तियारले काम गरिरहेको उल्लेख गर्दै हस्तक्षेप गर्न नुहने बताउने गरेको छ।

यही चेपुवामा परेको संसद् ९ दिनयता बन्धक छ।

प्रकाशित: २३ जेष्ठ २०८२ १४:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App