२५ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

दाहाल र नेपालबीच भेटवार्ता

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र विपक्षी दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

दुई नेताबीच सोमबार (आज) अपराह्न सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भेटवार्ता भएको हो।

दाहाल-नेपालबीच बजेट, आगामी संसद् बैठक, गृहमन्त्री रमेश लेखक मुछिएको भनिएको प्रकरणलगायतका विषयमा कुराकानी भएको छ।

भेटमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादी नेता प्रमेश हमालसमेत सहभागी थिए।

भोलि संसद् बैठक बस्दैछ। माओवादी केन्द्रले संसद् बैठक गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म नचल्ने अडान लिएको छ। त्यसमा एकीकृत समाजवादीको पनि समर्थन छ।

भोलि संसद् खुलाउनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीदेखि सभामुख देवराज घिमिरेसम्म सक्रिय छन् तर, मुख्य रूपमा माओवादी केन्द्र र रास्वपाले मानेका छैनन्।

प्रकाशित: १९ जेष्ठ २०८२ १६:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App