२५ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

अर्थमन्त्रीले गरे राष्ट्रपतिलाई बजेटबारे ब्रिफिङ

राष्ट्रपति रामचन्द्र पौडेललाई उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले बजेटबारे ब्रिफिङ गरेका छन्।

शितल निवासस्थित राष्ट्रपति भवन पुगेर अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेटका बारेमा ब्रिफिङ गरेका हुन्।

सरकारले संवैधानिक व्यवस्थाअनुसार यही जेठ १५ गते बिहीबार बजेट ल्याउँदै छ।

सोही बजेटका बारेमा मन्त्री पौडेलले मंगलबार बिहान राष्ट्रपति भवन शीतल निवास पुगेर ब्रिफिङ गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

प्रकाशित: १३ जेष्ठ २०८२ ११:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App