२२ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

कुलमानबारे सोधिएको प्रश्नमा वामदेवको जवाफ: अरुलाई दु:ख पर्दा आनन्द महसुस गर्ने व्यक्ति 'राक्षस' हुन्

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले सरकारले नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी कुलमान घिसिङ हटाएर नहुने काम गरेको बताएका छन्।

बुधबार (आज) नागरिक फ्रन्टलाइनमा नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेलसँग कुराकानी गर्दै गौतमले यस्तो बताएका हुन्।

'सरकार जुन बाटो हिँडेको छ, त्यो सत्य बाटो होइन। कुनै पनि कर्मचारी, कुनै पनि व्यक्तिलाई यति समयको लागि भनेर नियुक्त गर्ने र बीचमा अपमान गरेरचाहिँ हटाउने, यस्तो किसिमको काम गर्नुहुन्न। अरु व्यक्तिले दु:ख पाउँदाखेरि आफूले आनन्द महसुस गर्ने मानिस मानिस होइन, त्यो राक्षस हो,' उनले भने।

प्रकाशित: ७ जेष्ठ २०८२ २०:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App