नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले शिक्षा र परराष्ट्र मन्त्रालयमा आकस्मिक डेस्क बनाएर संसारभर रहेका नेपाली विद्यार्थीको सुरक्षाको प्रत्याभूति गर्ने सरकारसमक्ष माग गरेका छन्।
सोमबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै उनले यस्तो माग गरेका हुन्। भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) प्रकृति लम्सालको निधनको पीडा र घाउ सेलाउन नपाउँदै अर्को घटना भएको बताए।
प्रकाशित: २२ वैशाख २०८२ १२:१७ सोमबार





