१४ पुस २०८२ सोमबार
image/svg+xml
राजनीति

‘ओलीले माफी नमागेसम्म एकता हुन्न, माओवादीको कुरा झुट’

नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले केपी शर्मा ओलीले माफी नमागेसम्म एमालेसँग एकता नहुने बताएका छन्। शनिवार पार्टीनिकट आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। 

‘अस्ति हामी डेलिगेसन गयौँ प्रधानमन्त्रीकहाँ, बजेट बनाउने बेला भएको छ। यो देशलाई माथि उठाउने सवालमा, जनतामा आएको निराशाका सवालमा यो यो काम गर भनेर प्रधानमन्त्रीलाई सल्लाह दिन पार्टीको तर्फबाट सुझाव लिएर गएका हौँ,’ पाण्डेले भने, ‘त्यसलाई पनि कोही कोहीले तोडमोड गरेर अब त ओली र माधव नेपालको मिलन हुने भो भनेर कु प्रचार गरेछन्।’

ओलीले प्रतिनिधिसभा विघटन गरेको विषयमा माफी नमागेसम्म पार्टी एकता नहुने उनले बताए। उनले भने, ‘कम्युनिस्ट पार्टीको अध्यक्षले पार्टीमा कुनै सरसल्लाह नगरीकन त्यत्रो प्रतिनिधिसभा विघटन गरेर नेपालको कम्युनिस्ट आन्दोलनलाई धराशायी बनाउने अपराध ग¥यो। त्यो अपराधको केपी ओलीले माफी नमागेसम्म हाम्रो बिचमा एकता हुँदैन। कहिल्यै एकता हुँदैन।’ 

पार्टी भित्रका कोही नेतालाई मिल्न पाए हुन्थ्यो भन्ने लागेको भए बाटो तताउन पनि पाण्डेले बताए। ‘कोही कोहीलाई नेतालाई मिल्न पाए हुन्थ्यो भन्ने लाग्ला त्यस्ता नेताले बाटो तताए हुन्छ हामी गलत निर्णयसँग सहमत हुन सक्दैनौँ’, उनले भने। 

यस्तै माओवादी नेताहरूले पनि एकताको कुरा उठाएकाले त्यो सबै झुटो रहेको उनले बताए। उनले भने, ‘कहिलेकाहीँ तपाईँहरू सुन्नुहुन्छ, कोही माओवादी नेताले भन्दिन्छन्–एकीकृत समाजवादी त हाम्रो पार्टीसँग मिल्ने बेला भइसक्यो। त्यो सबै झुट हो।’ 

प्रकाशित: २० वैशाख २०८२ १५:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App