१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अब 'राष्ट्रिय शैक्षिक सुधार कार्यक्रम'

सरकारले 'राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम'लाई 'राष्ट्रिय शैक्षिक सुधार कार्यक्रम'का रूपमा परिमार्जित गरेको छ।

शुक्रबार (आज) सङ्घीय संसद्का दुबै सदनमा आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यसबारे जानकारी गराएका हुन्।

'सम्वत् २०८४ भित्र सबै बालबालिकाले आधारभूत शिक्षा पाउने व्यवस्था गरिनेछ। राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई परिमार्जन गरी राष्ट्रिय शैक्षिक सुधार कार्यक्रमको रूपमा सुधार गरिनेछ,' नीति तथा कार्यक्रममा भनिएको छ।

प्रकाशित: १९ वैशाख २०८२ १५:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App