१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

'आत्मनिर्भर र उत्पादनमुखी अर्थतन्त्रको निर्माणमा श्रमिकहरूको भूमिका महत्त्वपूर्ण छ'

प्रतिनिधि सभाका सभामुख देवराज घिमरेले आत्मनिर्भर र उत्पादनमुखी अर्थतन्त्रको निर्माणमा श्रमिकहरूको भूमिका महत्त्वपूर्ण हुने बताएका छन्। अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना दिँदै सभामुख घिमिरेले यस्तो बताएका हुन्।

उनले भनेका छन्, 'आत्मनिर्भर र उत्पादनमुखी अर्थतन्त्रको निर्माणमा श्रमिकहरूको भूमिका महत्त्वपूर्ण छ। कृषि, निर्माण, सेवा, उद्योग, पर्यटन वा वैदेशिक रोजगारलगायतका क्षेत्रमा श्रमिकको पसिना र योगदानले राष्ट्रको समृद्धि सम्भव बनाउँछ।'

नेपालको संविधानले श्रमिकका अधिकारलाई आर्थिक तथा सामाजिक न्यायको आधार मानेर संस्थागत गरेको उल्लेख गर्दै सभामुख घिमिरेले भनेका छन्, 'धारा ३४ मा प्रत्येक श्रमिकलाई उचित श्रम अभ्यासको हक हुने, प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हक हुने तथा प्रत्येक श्रमिकलाई कानून बमोजिम ट्रेड युनियन खोल्ने, त्यसमा सहभागी हुने तथा सामूहिक सौदाबाजी गर्न पाउने हक हुने उल्लेख गरिएको छ।'

मजदुरको अधिकार सुनिश्चित गर्ने कानून बने पनि कार्यान्वयन चुनौतीपूर्ण रहेको कुरा पनि उनले उल्लेख गरेका छन्। 'बालश्रम, श्रमिक महिला/पुरुषबीचको असमानता, अपारदर्शी रोजगार प्रणाली, वैदेशिक रोजगारमा शोषणजस्ता समस्याले हामीलाई अझ सशक्त नीति र निगरानी संयन्त्र आवश्यक छ भन्ने कुराको संकेत गरेको छ। सामाजिक सुरक्षाको सुनिश्चितता, श्रमिकहरूको सीप विकास, प्रविधिमैत्री वातावरण, समान अवसर र गरिमायुक्त श्रम सुनिश्चित गर्न सबै पक्षको सहकार्य अपरिहार्य हुन्छ,' उनले भनेका छन्।

प्रकाशित: १८ वैशाख २०८२ ०८:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App