२ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

उज्यालो नेपाल कतै मिसिदैन्, नयाँ पार्टीको विकल्प बन्छ : अध्यक्ष घिसिङ

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अब नयाँ पार्टीको विकल्प उनेपा मात्रै रहेको दाबी गरेका छन् ।  

शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले उज्यालो नेपाल पार्टी कतै गएर मिसिने होकि भन्ने चिन्ता र शंका देखिएको भन्दै अब कुनै पार्टीसँग मिसिन नजाने दाबी गरे ।  

उनले भने,‘उज्यालो नेपाल पार्टी कतै गएर मिसिने होकि भन्ने चिन्ता र शंका धेरैको छ । यसमा कुनै शंका र चिन्ता नगर्दा हुन्छ । उनेपा कुनै पार्टीसँग मिसिन जाँदैन् । अरु पार्टीहरु मिसिन आउन सक्छ । अरुसँग एकीकरण गर्दा पनि यो पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ। अहिले नयाँ र पुराना पार्टीका धेरै साथीहरू पार्टीमा जोडिने लहर आएको छ । अब नयाँ पार्टीको विकल्प उनेपा नै हो ।’

त्यस्तै उनले स्थानीय र प्रदेश सभाको चुनावमा र सङ्घको चुनावमा सशक्त रूपमा उभिने बताउँदै आगामी सङ्घको निर्वाचनपछि देशको नेतृत्व आफूहरुले ने गर्ने विश्वास व्यक्त गरे ।  

अध्यक्ष घिसिङले पार्टीमा प्रवेश गर्नेहरूलाई विश्वासघात नगर्ने अठोट गरे ।  

गएको चुनावमा असफल भएपनि आफूहरूले हार नमानेर पहिलो खुड्किलाको रुपमा लिएको उनले बताए।

प्रकाशित: ३० जेष्ठ २०८३ १५:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App