६ श्रावण २०८३ बुधबार
image/svg+xml
राजनीति

अर्थमन्त्रीले संसदीय मर्यादाको अपमान गरे : अर्जुननरसिंह केसी

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले अर्थमन्त्री स्वर्णिम वाग्लेले संसदीय मर्यादामाथि अपमान गरेको आरोप लगाएका छन्।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले अर्थमन्त्रीले प्रश्न गर्ने  सांसदलाई फाइल खोल्छु भन्नु संसदीय मर्यादा माथिको अपमान भएको बताए।

उनले भने,‘ प्रश्न गर्ने नागरिक अधिकार हो भने संसद्मा सांसदहरूको विशेष अधिकार हो। प्रश्न गर्ने सांसदलाई तपाईँको काण्डको फाइल खोल्छु भन्नु संसदीय मर्यादा माथिको अपमान हो।’

उनले संसद्मा धम्की, नाराबाजी या प्रदर्शनको थलो नभइ तर्क, बहस, नीति विमर्शको थलो रहेको र यसमा सबैजना गम्भीर हुन आग्रह गरे।

यस्तै, उनले प्रधानमन्त्री निरन्तर अनुपस्थित रहनुले संसद् जनता प्रतिको उपेक्षा भएको बताए।

प्रकाशित: २९ जेष्ठ २०८३ १२:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App