२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

खनाल–यादव भेट : वामपन्थी एकताबारे छलफल

पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच आज भेटवार्ता भएको छ।

काठमाडौंको डल्लुस्थित खनाल निवासमा भएको भेटमा वर्तमान राजनीतिक परिस्थिति, मुलुकमा देखिएको अन्योलपूर्ण अवस्था, जनअधिकारको रक्षा तथा राष्ट्रियतालाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो।

भेटका क्रममा देशको स्वाधीनताको संरक्षण, राजनीतिक अन्योलको अन्त्य तथा राष्ट्रिय हितका सवालमा साझा पहल आवश्यक रहेको निष्कर्षसहित देशभक्त, लोकतान्त्रिक तथा वामपन्थी शक्तिबीच व्यापक एकताको आवश्यकता रहेको विषयमा समेत दुई नेताबीच  छलफल भएको छ ।

प्रकाशित: २१ श्रावण २०८३ १५:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App