प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले श्रम मात्रै नभई श्रमिकका भविष्य पनि सुरक्षित रहेको बताएका छन्।
आज परेको अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना दिँदै उनले यस्तो बताएका छन्।
'देश अघि बढेको छ श्रमिकको पसिनाले, समाज बाँचेको छ उनीहरूको समर्पणले। श्रमिकहरूको सामाजिक सुरक्षाका लागि केही वर्षअघि जब योगदानमा आधारित सामाजिक सुरक्षा योजना सुरू गर्यौँ, व्यङ्ग्य र ट्रोलहरू सहनुपर्यो। तर आज, ती नकारात्मक आवाजहरूभन्दा माथि उठ्दै२० लाखभन्दा बढी श्रमिकले यस योजनाबाट भरोसा पाएका छन्। अब श्रम मात्र होइन, श्रमिकको भविष्य पनि सुरक्षित छ,' उनले भनेका छन्।
उनले सरकार श्रमिकहरूको घरमा परिवर्तन ल्याउन सफल भइरहेको दाबीसमेत गरेका छन्। 'छोराछोरीको उज्यालो मुहार, आमाबुबाको निर्धक्क जीवन। श्रमिकको घरमा यिनै परिवर्तन ल्याउन हामी सफल हुँदैछौँ। श्रमलाई सम्मान गरौँ, श्रमिकलाई सम्मान गरौँ। जय श्रमिक, जय देश,' उनले भनेका छन्।
प्रकाशित: १८ वैशाख २०८२ ०८:१५ बिहीबार





