नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार जसरी पनि टिक्ने दाबी गरेका छन्। शुक्रवार थाइल्यान्डको बैंककबाट फर्किएका देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै गठबन्धनमा केही पनि नभएको बताएका हुन्।
‘सत्ता समीकरण परिवर्तन हुने कुरा कसले भनेको हो ? मलाई थाहा छैन,’ सभापति देउवाले भने, ‘गठबन्धनमा केही पनि भएको छैन। सरकार जसरी पनि टिक्छ ।’
सभापति देउवासँगै थाइल्यान्ड भ्रमणबाट फर्किएकी परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले पनि सरकार परिवर्तनको हल्ला आफू छक्क परेको बताएकी थिइन।
प्रकाशित: १२ वैशाख २०८२ १३:५६ शुक्रबार





