३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

गगनको आरोप: खड्का नाम मात्रको कार्यवाहक सभापति, सबै शक्ति देउवाकै हातमा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्णबहादुर खड्का नाम मात्रका कार्यवाहक सभापति रहेको दाबी गरेका छन्। बुधवार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकपछि पत्रकारसँग कुराकानी गर्दै महामन्त्री थापाले अहिले पनि सबै शक्ति सभापति शेरबहादुर देउवाकै हातमा रहेको दाबी गरेका हुन्। 

‘पार्टी सभापतिले कार्यवाहक दिनु भएको छ। तर, यो नाम मात्रको कार्यवाहक छ,’ महामन्त्री थापाले भने,‘आजको बैठकमा आउनु भएको छैन। तर, बाँकी रहेको बैठक, सबै अभ्यास त्यहीँ(सभापति देउवा निवास)बाट भइरहेको छ।’ त्यही कारण पार्टीको सर्वोत्तम हितका बारेमा सोचिदिन पनि उनले सभापति देउवालाई आग्रह गरे। 

सभापति देउवाले असोज २८ गतेको केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै आफ्नो स्वास्थ्य अवस्थालाई कारण देखाएर उपसभापति खड्कालाई कार्यवाहक सुम्पिएका थिए। तर, उनले सबै कुरा त्याग गरेको घोषणा भने गरेका थिएनन्। 

यद्यपि महामन्त्री थापाले भने सभापति देउवाको अन्तिम केन्द्रीय समिति बैठक भनेर घोषणा गरेका थिए। अहिले उनै महामन्त्री थापा सभापति देउवाले नाम मात्रको कार्यवाहक दिएको भन्दै प्रतिवादमा उत्रिएका छन्। 

प्रकाशित: ९ पुस २०८२ १८:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App