नेपालले पहिलो पटक अन्तराष्ट्रिय स्तरको आईस स्केटिंङ प्रतियोगितामा सहभागिता जनाउन लागेको छ । भारतीय आईस स्केटिंङ संघको आयोजना तथा एसियाली आईस स्केटिंङ महासंघ (ASU ) र अन्तराष्ट्रिय स्केटिंङ महासंघ (ISU) संगको सहकर्यतामा हुन लागेको शर्ट ट्रयाक स्पीड आईस स्केटिंङ प्रतियोगितामा नेपालकातर्फबाट दुई जना महिला तथा चार जना पुरुष खेलाडीले सहभागिता जनाउनेछन् ।
नेपाल स्केटिंङ तथा स्केटबोर्डिंङ संघका अधक्ष्य अच्युत खनालका अनुसार प्रतियोगिता आगामी पुस १२ गतेदेखि १४ गतेसम्म भारतको देहरादुनस्थित माहाराना प्रताप स्पोर्ट्स कम्प्लेक्सको हिमाद्री अन्तराष्ट्रिय आईस स्केटिंङ रिंक सेन्टरमा हुनेछ । नेपालबाट सिनिअर पुरुष तर्फको एक हजार मिटरमा रमेश मोक्तान र अरुण खत्वे, जुनिअर महिला तर्फको ५०० मिटरमा परी गुरागाईं र अल्का घिमिरे र पुरुष जुनिअर २५० मिटरमा जेभिअर जंग थापा र सायोन अर्यालले भाग लिने छन्।
प्रतियोगितामा टिम म्यानेजरका रुमपा सन्जु श्रेष्ठ तथा अफिशिएलमा संघका महासचिब सत्य थापाले सहभागिता रहनेछ ।
प्रकाशित: ९ पुस २०८२ १८:१४ बुधबार





