१० पुस २०८२ बिहीबार
image/svg+xml
राजनीति

धवलशमशेरले भेटे लिङ्देनसहितका नेता, भारत जाँदै

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशमशेर राणाले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूलाई भेटेका छन्।

उपचारका लागि हिरासतमुक्त भएका उनले सोमबार (आज) पार्टी कार्यालय धुम्बाराही पुगेर पार्टी अध्यक्ष लिङ्देनसहितका नेताहरूसँग भेटेका हुन्। 

राणा बुधबार (पर्सि) उपचारका लागि भारतको मुम्बई जाँदैछन्। 

२०८१ चैत १५ गतेको राजावादी आन्दोलनमा सहभागी भएका उनी त्यही दिन साँझ पक्राउ परेका थिए। त्यसपछि हिरासतमै रहेका उनलाई सरकारले गत वैशाख ७ गते थुनामुक्त गर्‍यो।

सरकारले उपचारपछि पुन: कानूनी दायरामा आउने सर्तसहित अहिलेका लागि छाडेको हो। राणा क्यान्सर सर्भाइबर हुन्।

प्रकाशित: ८ वैशाख २०८२ १५:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App