१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

समानुपातिक उम्मेदवार छान्न रास्वपामा आन्तरिक प्रतिस्पर्धा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक उम्मेदवार छनोटका लागि आन्तरिक प्रतिस्पर्धात्मक प्रक्रिया सुरु गरेको छ।  

पार्टीका प्रवक्ता मनिष झाले समानुपातिक उम्मेदवारका आकांक्षीहरूबीच ‘ब्लु प्रिन्ट’ र ‘शून्य समय’ कार्यक्रममार्फत प्रस्तुतीकरणको चरण आज र भोलि सञ्चालन भइरहेको जानकारी दिए।

उनका अनुसार यस प्रतिस्पर्धामा करिब ४ सय जना आकांक्षी सहभागी छन्। झाले भने, ‘निवेदकहरू लगभग ४ सय जति सहभागी हुनुहुन्छ, तीमध्येबाट ११० जनाको नाम हाम्रो तर्फबाट निर्वाचन आयोगमा बुझाइनेछ।’

उम्मेदवारहरूको प्रस्तुतीकरण कार्यक्रम काठमाडौँको गोङ्गबुस्थित बिजी ब्यांक्वेटमा जारी रहेको छ। प्रस्तुतीकरण सम्पन्न भएपछि दुई दिनभित्र प्रारम्भिक निर्वाचनअन्तर्गत आन्तरिक मतदान प्रक्रिया अघि बढाइने पनि उनले जानकारी दिए।

 

प्रकाशित: १० पुस २०८२ १६:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App