११ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

पार्टी समर्थकलाई कार्यवाहक उपसभापति अर्यालको आग्रह- सभ्य रूपमा प्रस्तुत हुनुस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यवाहक उपसभापति डोलप्रसाद अर्यालले पार्टी समर्थकहरूलाई सभ्य रूपमा प्रस्तुत हुन आग्रह गरेका छन्।

 बिहीबार (आज) बसेको केन्द्रीय समिति बैठकमा अर्यालले यस्तो आग्रह गरेका हुन्।

'बैठकमा कार्यवाहक सभापतिज्यूले समाजिक सञ्जालमा राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थकहरूको अराजक उपस्थितिप्रति ध्यानाकर्षण भएको, यो आफ्नै लागि घातक हुने र यसमा सबै सदस्यहरूलाई समाजिक सञ्जाल प्रयोग आचारसंहिताअन्तर्गत अभ्यास गर्न र सभ्य रूपमा प्रस्तुत हुन, अनावश्यक रूपमा नबोल्न र नलेख्न अनुरोध गर्नु भएको छ' कार्यवाहक प्रवक्ता मनीष झाले भने।

प्रकाशित: ४ वैशाख २०८२ १९:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App