११ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

कमल थापाले फेरि भने: तीनकुने घटनामा पक्राउ परेकालाई छाडियोस्

राप्रपा नेपालका अध्यक्ष कमल थापाले गत चैत्र १५ गते तीनकुने घटनामा पक्राउ परेकाहरूलाई रिहा गर्न सरकारसँग आग्रह गरेका छन् ।

पक्राउ परेकाहरू कुनै अराजक र हिंसात्मक गतिविधिमा संलग्न नरहेको भन्दै उनले रिहा हुनुपर्ने बताएका हुन् ।

बरु परिस्थितिलाई संयमित बनाउन बारम्बार आह्वान गर्ने डा।धवल शमशेर राणा, रवीन्द्र मिश्र, पशुपति खड्का, मुनिन्द्रराज भण्डारी लगायतका नेताहरूको रिहाइ हुनुपर्ने थापाको जिकिर छ । 

पक्राउ परेकाहरूको रिहाइको माग गर्दै पोखराको मुस्ताङ चोकमा रिले अनसनमा बसेकाहरूलाई भेट गर्दै थापाले यस्तो धारणा व्यक्त गरेका छन् । उनले थपे, 'अनसन बसेका राष्ट्रवादी साथीहरूप्रति ऐक्यबद्धता जनाउन आज हामी पोखरा आइपुगेका छौँ ।'

प्रकाशित: ४ वैशाख २०८२ १७:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App