दिल्ली पब्लिक सेकेण्डरी स्कुल विराटनगर र प्रभाव सेकेन्डरी इङ्लिस बोडिङ् स्कुल धरान कोशी प्रदेशस्तरीय अन्तरविद्यालय डीआइजी रनिङ कप फुटबल प्रतियोगिताको सातौँ संस्करणमा विजयी भएका छन् ।
शुक्रबार धरान रंगशालामा भएको पहिलो खेलमा दिल्ली पब्लिक स्कुल विराटनगरले बाल्मिकी एजुकेशन फाउण्डेसन विर्तामोड झापालाई शुन्यका बिरुद्द एक गोलले हराउँदै विजयी भएको हो ।
खेलमा दिल्ली पब्लिक सेकेण्डरी स्कुल मोरङका तर्फबाट निर्णयक गोल अमन खवासले गरे । उनले पहिलो हाफको २० मिनेटमा गोल गरेका हुन् । खेलको म्यान अफ दि म्याच अमन नै भए । उनले एक हजार पाँच रुपैयाँ नगद पाए ।
यस्तै, दोस्रो खेल प्रभात सेकेण्डरी बोडिङ् स्कुल धरान विजयी भएको छ । प्रभात स्कुलले सैनिक आवासीय महाविद्यालय धरानलाई २(० गोलले हराउँदै विजयी भएको हो । विजयी टीमका तर्फबाट भूवन भण्डारीले दुवै गोल गरे । उनले खेलको पहिलो हाफको १५ औं र एक मिनेट इन्जुरी समयमा एक÷एक गोल गरे । उनी नै म्यान अफ दि म्याच घोषित भए । म्यान अफ दि म्याच घोषित भएका खेलाडीलाई प्रहरी वरिष्ठ उपरीक्षक ज्ञानेन्द्र फूयँलले पुरस्कार प्रदान गरे ।
प्रतियोगिता अन्तर्गत शनिबारको पहिलो खेल आदर्श इङ्लिस स्कुल मोरङ र सिद्धार्थ सेकेण्डरी स्कुल मोरङबीच हुनेछ । यस्तै, दोस्रो खेल दी माउण्ट हर्मन एकेडेमी धरान र सफल सिद्धार्थ एकेडेमी मोरङबीच हुनेछ ।
प्रकाशित: ११ पुस २०८२ १९:०३ शुक्रबार





