११ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

संसदीय समितिले भन्यो- तीनकुने घटनामा मानव अधिकारको गम्भीर उल्लङ्घन भयो

प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिले गत चैत १५ गते काठमाडौंको तीनकुने घटनामा मानव अधिकारका गम्भीर उल्लङ्घन भएको निष्कर्ष निकालेको छ।

बिहीबार (आज) बसेको समितिको बैठकले यस्तो निष्कर्ष निकालेको हो। बैठक गृहमन्त्री रमेश लेखकसमेत सहभागी थिए।

समिति बैठकअघि गृहमन्त्री लेखकले गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दीपक थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालसहितका पदाधिकारीहरूसँग छलफल गरेका थिए।

तीनकुने घटनामा पत्रकार सुरेश रजक र कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको थियो भने सयौं घाइते भएका थिए। यस्तै सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोड गरिएको थियो। सरकारी गाडी, व्यावसायिक प्रतिष्ठान तथा निजी घरहरूमा आगजनी, तोडफोड र लुटपाट भएको थियो। यस्तै सञ्चारमाध्यमहरूमा आक्रमण गरिएको थियो।

यी घटनाहरूबाट मानव अधिकारका गम्भीर उल्लङ्घन भएको समितिले भनेको छ। संविधानको भाग ३ को मौलिक हकअन्तर्गत धारा २५ मा सम्पत्तिको हक छ। मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८ लगायतका अन्तर्राष्ट्रिय कानूनहरूले प्रदान गरेको नागरिकको नैसर्गिक अधिकारमा समेत असर पुग्न गई मानव अधिकारको गम्भीर उल्लङ्घन भएको संसदीय समितिको निष्कर्ष छ।

प्रकाशित: ४ वैशाख २०८२ १४:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App