एसेस क्रिकेटअन्तर्गत चौथो टेस्टको पहिलो दिन २० विकेट झरेको छ। मेलबर्नमा भ्रमणकारी टोली इंल्यान्डले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको घरेलु टोली अस्ट्रेलिया मात्र १५२ रनमा अलआउट भयो । शुक्रबार नै आफ्नो पहिलो इनिङ्स थालेको इंग्लान्ड पनि ११० रनमा समेटियो ।
कंगारु टोलीका लागि मिचेल निसेरले सर्वाधिक ३५ र उस्मान खवाजाले २९ रन बनाए ।
अस्ट्रेलियालाई मात्र ४५.२ ओभरमा अलआउट गर्न जोश टगले ५ विकेट लिए । गुस एट्किनसनले २ विकेट झारे ।
लगत्तै आफ्नो इनिङ्स थालेको इंग्लान्ड पनि २९.५ ओभरमा ११० रनमा अलआउट भयो । जोए रुट शुन्य रनमा आउट भएको इंग्लिस इनिङ्समा हेरी ब्रुकले ४१ र गुस एट्किनसनले २८ रन बनाए । इंल्यान्डका ८ जना ब्याट्सम्यान दोहोरो अंकको स्कोर नगर्दै पवेलियन फर्के ।
भ्रमणकारी टोलीलाई सस्तैमा समेट्न मिचेल निसेरले ४, स्कोट बोलान्डले ३, मिचेल स्टार्सले २ र क्यामरुन ग्रिनले एक विकेट लिए ।
अस्ट्रेलियाले शुक्रबार नै आफ्नो दोस्रो इनिङ्स थालेको छ । पहिलो दिनको खेलको समाप्तिमा उसले बिनाक्षति ४ रन बनाएको छ ।
पाँच खेलको शृंखलामा अस्ट्रेलिया ३-० ले अघि छ ।
प्रकाशित: ११ पुस २०८२ १७:२६ शुक्रबार





