१८ माघ २०८२ आइतबार
image/svg+xml
खेल

एसेस क्रिकेटः पहिलो दिन २० विकेट झर्यो

एसेस क्रिकेटअन्तर्गत चौथो टेस्टको पहिलो दिन २० विकेट झरेको छ। मेलबर्नमा भ्रमणकारी टोली इंल्यान्डले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको घरेलु टोली अस्ट्रेलिया मात्र १५२ रनमा अलआउट भयो । शुक्रबार नै आफ्नो पहिलो इनिङ्स थालेको इंग्लान्ड पनि ११० रनमा समेटियो ।  

कंगारु टोलीका लागि मिचेल निसेरले सर्वाधिक ३५ र उस्मान खवाजाले २९ रन बनाए ।  

अस्ट्रेलियालाई मात्र ४५.२ ओभरमा अलआउट गर्न जोश टगले ५ विकेट लिए । गुस एट्किनसनले २ विकेट झारे ।  

लगत्तै आफ्नो इनिङ्स थालेको इंग्लान्ड पनि २९.५ ओभरमा ११० रनमा अलआउट भयो । जोए रुट शुन्य रनमा आउट भएको इंग्लिस इनिङ्समा हेरी ब्रुकले ४१ र गुस एट्किनसनले २८ रन बनाए । इंल्यान्डका ८ जना ब्याट्सम्यान दोहोरो अंकको स्कोर नगर्दै पवेलियन फर्के ।  

भ्रमणकारी टोलीलाई सस्तैमा समेट्न मिचेल निसेरले ४, स्कोट बोलान्डले ३, मिचेल स्टार्सले २ र क्यामरुन ग्रिनले एक विकेट लिए ।  

अस्ट्रेलियाले शुक्रबार नै आफ्नो दोस्रो इनिङ्स थालेको छ । पहिलो दिनको खेलको समाप्तिमा उसले बिनाक्षति ४ रन बनाएको छ ।  

पाँच खेलको शृंखलामा अस्ट्रेलिया ३-० ले अघि छ । 

प्रकाशित: ११ पुस २०८२ १७:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App