भारतका १४ वर्षीय क्रिकेटर वैभव सूर्यवशीं प्रधानमन्त्री वीर बाल पुरस्कारबाट पुरस्कृत भएका छन्।
वैभवले शुक्रबार दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित एक समारोहमा राष्ट्रपति द्रौपदी मुर्मुले वैभवलाई पुरस्कृत गरेकी हुन् । वैभवले पाएको यो पुरस्कार भारतमा बच्चालाई दिने ठूलो अवार्ड हो।
खेलकुद, बहादुरी, नवप्रवर्तन, विज्ञान, समाजसेवा र संस्कृति जस्ता क्षेत्रमा असाधारण उपलब्धि हासिल गर्ने ५ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई प्रधानमन्त्री राष्ट्रिय बाल पुरस्कार प्रदान गरिन्छ।
यो वर्ष, वैभव सूर्यवंशीसहित २० बालबालिकालाई यो सम्मानको लागि छनोट गरिएको थियो। जसमा वैभव पुरस्कृत हुन सफल बने ।
वैभवले क्रिकेटमा आफनो अलग पहिचान बनाइरहेका छन्। जारी लिस्ट ‘ए’ क्रिकेटको इतिहासमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडीको रेकर्ड आफ्नो नाममा लेखेका वैभव इन्डियन प्रिमियर लिग (आईपिएल)बाट उदाएका हुन्।
प्रकाशित: ११ पुस २०८२ १७:४५ शुक्रबार





