१४ पुस २०८२ सोमबार
image/svg+xml
राजनीति

प्रचारबाजी होइन, जनताले महसुस गर्ने गरी काम गरौँ : उपप्रधानमन्त्री सिंह

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले प्रचारबाजी मात्र नभई जनताले महसुस गर्ने गरी विकासका काम गर्नुपर्ने बताएका छन्।

अधिकार सम्पन्न बागमती एकीकृत सभ्यताको ३१औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै उनले प्रचारबाजीका लागि मात्र नभई जनताले महसुस गर्ने गरी काम गरेर देखाउने समय आएको बताए। 'जेजति योजना हामीले अहिले सम्पन्न गरेको छौँ। त्यसको राम्रोसँग आम जनतालाई जानकारी गराउने र बाँकी कामलाई अगाडि बढाउँदा जनतालाई सुसूचित गराउनुपर्छ,' उनले भने।

उपप्रधानमन्त्री सिंहले बागमती नदी किनारमा रहेका मन्दिरको पुनःनिर्माण र जिर्णाेद्वार गरिएको जानकारी दिए। धेरै सम्पदा रहेको बागमती नदी किनारमा ‘हेरिटेज वाक’को चर्चा भए पनि काम प्रभावकारी हुन नसकेको प्रति उनले असन्तुष्टि व्यक्त गरे।

हेरिटेज वाकदेखि करिडोरलाई व्यवस्थित गर्ने र नदी सफा गर्नेलगायतका काम तत्काल गर्नुपर्नेमा उपप्रधानमन्त्री सिंहले जोड दिए। त्यसैगरी उनले नदीहरूको करिडोर निर्माण प्रभावकारी रूपमा अगाडि बढाउने पनि प्रतिबद्धता जनाए।

उनले भने, 'हामीले गर्ने भनेको नदीहरूलाई स्वच्छ बनाउन, दुर्गन्ध हटाउने हो। त्यसका लागि योजना बनाएर अगाडि बढ्ने बाहेक हामीसँग अरू उपाय छैन।'

प्रकाशित: २८ चैत्र २०८१ १३:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App