१५ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

कर्मचारी सङ्घीयता-फ्रेन्ड्ली हुन सकेनन्, सरकारले जति राम्रो नीति ल्याए पनि काम लागेन : सरकारका प्रवक्ता

सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालका कर्मचारीहरू सङ्घीयता-फ्रेन्ड्ली हुन नसकेको टिप्पणी गरेका छन्।

बुधबार (आज) 'नागरिक फ्रन्टलाइन'मा बोल्दै गुरुङले यस्तो टिप्पणी गरेका हुन्। 'कर्मचारीहरू सङ्घीयता-फ्रेन्ड्ली हुन सकेनन्,' उनले भने, 'अहिलेको डेमोक्रेटिक नर्म एन्ड भ्यालू र सामाजिक तथा आर्थिक रूपान्तरणको दिशामा सहजकर्ताको भूमिका निभाउनुपर्नेमा त्यो हुन सकेको छैन,' उनले भने।

त्यसैले सरकार र कर्मचारीका बीचमा अन्तरद्वन्द्व पैदा भएको उल्लेख गर्दै उनले भने, 'त्यसले गर्दा सरकारले जति राम्रो नीति, कार्यक्रम र बजेट ल्याए पनि त्यसले काम गरेन। किनभने मुख्य शक्ति त त्यही हो। ठीक ढङ्गले त्यहाँ कार्यान्वयन नभएपछि समस्या पैदा भइहाल्छ।'

यद्यपि, सङ्घीय निजामति ऐन ल्याउन सकेको भए त्यसले केही न केही राम्रो गरेको हुने उनले बताए।

प्रकाशित: २७ चैत्र २०८१ १९:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App