११ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

रास्वपा सचिवालय बैठक जारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ। बैठक अहिले केन्द्रीय कार्यालय बनस्थलीमा बसिरहेको छ।

बैठकमा विभिन्न महत्त्वपूर्ण विषयहरूमा छलफल हुने एजेन्डा तय गरिएको छ। जसअनुसार अघिल्लो बैठकको समीक्षा, पार्टीका हालसम्मका गतिविधि तथा समसामयिक राजनीतिक घटनाक्रममाथि चर्चा हुनेछ।

त्यस्तै, पार्टीको अधिवेशनसम्बन्धी तयारी, जनयात्रा कार्यक्रम र प्रदेश हेर्ने पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको जिम्मेवारीबारे पनि विस्तृत छलफल हुने जनाइएको छ।

प्रकाशित: २७ चैत्र २०८१ १७:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App