११ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

एकीकृत समाजवादीका आन्दोलनका बाँकी कार्यक्रम संशोधन

वैशाख २५ गते दोस्रो चरणको आन्दोलन घोषणा गर्ने

नेकपा (एकीकृत समाजवादी) ले आन्दोलनका बाँकी कार्यक्रम र कार्यतालिका संशोधन गरेको छ । 

चैत १ गतेदेखि आन्दोलन सुरु गरेको समाजवादीले चैत १५ गते तीनकुनेमा भएको घटनालाई ध्यानमा राख्दै आन्दोलनका कार्यक्रम परिमार्जन गरेको बताएको छ । महासचिव घनश्याम भुसालले बुधबार मातहतका पार्टी कमिटीलाई परिपत्र गर्दै संशोधित कार्यतालिका अनुसार कार्यक्रम गर्न भनेका छन् ।  

संशोधित कार्यतालिका अनुसार, वैशाख १० गते सङ्घीय सरकारलाई मागपत्र पेस गर्ने, वैशाख १४ गते प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयमा प्रदेश र जिल्लाका मागपत्र बुझाउने र वैशाख २२ र २३ गते पालिका र वडा कार्यालयहरूमा मागपत्र बुझाउने छन् ।  

यसअघि वैशाख ५ गते प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र पेस गर्ने, वैशाख १५ गतेसम्म पालिका र वडा तहमा सार्वजनिक संवाद तथा सुझाव सङ्कलन गर्ने, वैशाख १९ देखि २२ गतेसम्म पालिका र वडा कार्यालयहरूमा ज्ञापन पत्र पेस गर्ने कार्यक्रम तय थियो ।  

‘सुशासन र रोजगारी समाजवादीको तयारी’ भन्ने नाराका साथ गत चैत एक गते पहिलो चरणको आन्दोलन सुरु गरेको एकीकृत समाजवादीले वैशाख २५ गते दोस्रो चरणको आन्दोलन कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रमलाई भने यथावत राखेको छ ।

प्रकाशित: २७ चैत्र २०८१ १३:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App