सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कांग्रेस र एमालेबीच भागबन्डा नमिलेर नेपाल राष्ट्र बैंकका गभर्नर नियुक्तिमा ढिलाइ नभएको बताएका छन्।
मङ्गलबार (आज) मन्त्रालयमा मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्ने क्रममा पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै गुरुङले यस्तो बताएका हुन्।
'कांग्रेस-एमालेबीच भागबन्डा नमिलेर गभर्नर नियुक्तिमा ढिला भएको सत्य होइन,' गुरुङले भने, 'चाँडैभन्दा चाँडै पक्का गभर्नर पाउँछौँ।'
प्रकाशित: २६ चैत्र २०८१ १७:१६ मंगलबार





