१२ पुस २०८२ शनिबार
image/svg+xml
राजनीति

बालेनलाई लिङ्देनले भने- धेरै हिरो भएर पत्र नकाट्नू

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई धेरै हिरो भएर पत्र नकाट्न सुझाएका छन्।

मङ्गलबार (आज) काठमाडौंको बल्खुमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो सुझाव दिएका हुन्।

'एउटा सूचना दिन बिर्सिएछ, हाम्रो बालेनजीलाई। यो काठमाडौं महानगरभित्र पर्छ होइन ? बालनजीलाई आजको कार्यक्रमका बारेमा धेरै हिरो भएर पत्र नकाट्न म आग्रह गर्छु र हाम्रो साथीहरूलाई आफैँ सफा गरेर जान आग्रह गर्छु। एउटा केही फोहोर रहनेवाला छैन। पत्रकार, नागरिक समाजले अनुगमन गर्नुहोला, भोलि फोहोर गरेबापत् भनेर चिठी नआओस्,' उनले भने।

प्रकाशित: २६ चैत्र २०८१ १६:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App