४ वैशाख २०८२ बिहीबार
image/svg+xml ७:५० पूर्वाह्न
राजनीति

कमल थापाले बोलाए कार्यसम्पादन समितिको बैठक

राप्रपा नेपालका अध्यक्ष कमल थापाले कार्यसम्पादन समितिको बैठक बोलाएका छन्।

आज (सोमबार) दिउँसो १:३० बजे पार्टी केन्द्रीय कार्यालय सिफलमा बस्ने गरी बैठक बोलाइएको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए। मुलुकमा विकसित भएको पछिल्लो राजनितिक घटनाक्रम, आन्दोलनको तयारी र पार्टीको भूमिकाका बारेमा अध्यक्ष थापाबाट कार्यसम्पादन समितिमा ब्रीफिङ हुने बताइएको छ।

तीनकुने घटना र सो घटनाको आधारमा पक्राउ परेकाहरूको रिहाईको बारेमा समेत छलफल हुने स्रोतले जनाएको छ।

राप्रपा नेपालले तीनकुने घटनाको बारेमा निष्पक्ष छानबिन हुनुपर्ने र पक्राउ परेकाहरूलाई रिहाई गर्नुपर्ने धारणा यसअघि नै सार्वजनिक गरिसकेको छ। 

प्रकाशित: २५ चैत्र २०८१ १०:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App