२९ चैत्र २०८१ शुक्रबार
image/svg+xml ३:८ पूर्वाह्न
राजनीति

‘कांग्रेस-एमाले मिलेर देशलाई दुई दलीय प्रणालीतर्फ लान खोज्दै छन्’

विवेकशील साझा पार्टीका नेता मिलन पाण्डेले नेपाली कांग्रेस र नेकपा एमालेले मिलेर देशलाई दुई दलीय प्रणालीतर्फ लैजान खोजेको आरोप लगाएका छन्। 

उनले यी दुई ठूला दलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहलाई कमजोर बनाउन प्रयास गरिरहेको दाबी गरेका छन्।

सामाजिक सञ्जाल एक्समा आफ्नो धारणा राख्दै पाण्डेले लेखेका छन्, ‘जे हुँदै छ, जे गर्दै छन्। कांग्रेस एमाले मिलेर देशलाई दुई दलीय प्रणालीतर्फ लान खोज्दै छन्। रास्वपा गिजोले। अब बालेनलाई गलाउन खोज्दै छन्।’ उनले रास्वपा र बालेन जस्ता नयाँ शक्तिहरुमा कमजोरी रहे पनि देशमा आवश्यक नयाँपन र उज्ज्वल भविष्यको आशा यिनै शक्तिबाट सम्भव रहेको तर्क गरेका छन्। 

पाण्डेले थप लेखे, ‘रास्वपा, बालेनहरुमा कमजोरी छ। तर देशलाई चाहिएको नयाँपन यस्तै शक्तिहरुले नै दिन सक्छन्। तपाईँलाई रास्वपा वा बालेन मन नपर्न सक्छ, यहाँ कुरा व्यक्तिको होइन, कुरा आशाको हो। उज्वल भविष्यको हो। त्यो काङ्ग्रेस–एमालेबाट सम्भव छैन।’ 

प्रकाशित: २३ चैत्र २०८१ १३:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App