३ वैशाख २०८२ बुधबार
image/svg+xml २२:४८ अपराह्न
राजनीति

तीनकुनेमा सुरक्षा निकाय संयम नभएको भए अझ ठूलो क्षति हुन्थ्यो: गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले चैत १५ गते तीनकुनेमा भएको राजावादी आन्दोलनमा सुरक्षा निकाय संयम नभएको भए अझ ठूलो क्षति हुनसक्ने बताएका छन्।

राज्य व्यवस्था समितिमा त्यस दिनको घटनाबारे जवाफ दिँदै उनले सुरक्षा निकायले संयमता नअपनाएको भए अझ धेरै क्षति हुने बताएका हुन्।

उनले भने,'संयमता नअपनाएको भए अझ धेरै क्षति हुने थियो, जस्तो आपराधिक गतिविधि भए, त्यसरी नै सुरक्षा निकाय संयम नभएको भए अझ ठूलो क्षति हुने थियो । अराजकता फैलाएर संविधान समाप्त पार्ने गतिविधि भएका थिए भन्नेमा स्पष्ट छु । नजिकै एयरपोर्ट छ, त्यहाँ आगजनी गर्ने काम भएको छ, नजिकै विदेशी जहाज छन्, त्यत्रो ठूलो तेलको भण्डारण छ । नजिकै प्रज्वलनशील पदार्थ थियो । यदि त्यहाँ आगो टिपेको भए काठमाडौंको अवस्था भयावह हुने थियो ।' 

प्रकाशित: २२ चैत्र २०८१ १२:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App