वनमन्त्री ऐनबहादुर शाही ठकुरीले चैत १५ गतेको आन्दोलनमा जलाइएको जडिबुटी उत्पादन तथा प्रशाेधन केन्द्रकाे निरीक्षण गरेका छन्।
बिहीबार विहान मन्त्री ठकुरी जडिबुटीस्थित प्रशाेधन केन्द्र पुगेर जलेर भग्नावशेष भएका भौतिक संरचनाकाे अवलाेकन गरेका हुन्। उनी सँगै काठमाडौँ २ की प्रतिनिधिसभा सदस्य साेबिता गौतम पनि सहभागी रहेकी थिइन्।
चैत १५ काे राजावादी आन्दोलनका क्रममा प्रदर्शनकारीले आगाे लगाउँदा प्रशाेधन केन्द्र भग्नावशेष बनेकाे छ। गाडीहरू जलेका छन्। कराेडौंकाे क्षति भएकाे छ।
प्रशाेधन केन्द्रकी महाप्रबन्धक संगीता यादवलगायत पदाधिकारीले आगलागीबाट क्षति भएकाे भग्नावशेषकाे अवलाेकन गराउँदै क्षतिबारे जानकारी गराएका थिए।
निरीक्षणपछि वनमन्त्री ठकुरीले छिटोभन्दा छिटाे सञ्चालनमा लागि गृहकार्य भइरहेकाे बताए। `प्राविधिक र विज्ञ राखेर छलफल गरिरहेका छौं। १० कराेड भयाे भने अस्थायी सञ्चालन हुन्छ भन्ने छ। क्याविनेटमा छलफल भइसकेकाे छ। चाँडै रकम उपलब्ध हुन्छ,´ उनले भने।
क्षतिकाे सहरी विभागले मूल्यांकन गरिरहेकाे र पुननिर्माण प्रक्रिया अगाडि बढ्ने उनकाे भनाइ थियाे। `उत्पादन बढाउने र राेजगारलाई सुनिश्चित गर्ने सवालमा हामी सबै प्रक्रिया पूरा गरेर पुन सुचारू गर्छौं,´ उनले भने।
सांसद गौतमले आगलागीबाट २८ कराेडकाे क्षति देखिएकाे भन्दै आगाे लगाउनेलाई कानुनी दायरामा आउनुपर्ने र सरकारले ल्याउनुपर्ने बताइन्। गौतमले प्रशाेधन केन्द्रलाई घना बस्तीबाट सार्नुपर्ने पनि बताइन्। `जतिबेला स्थापना भयाे, खुला ठाउँ थियाे, अब घना बस्ती भइसकेकाले यहाँ उपयुक्त छैन भन्ने महसुस भएकाे छ। सरकारले उपयुक्त स्थानमा सार्नकाे लागि याेजना बनाउनुपर्छ,´ उनले भनिन्।
प्रशाेधन केन्द्रकी महाप्रबन्धक यादवले नयाँ उत्पादनकाे तयारी गरिरहेका बेला आगाे लाग्दा ठूलाे क्षति भएकाे बताइन्। उनका अनुसार उद्योगकाे दुइटा भवन र १३ वटा गाडी जलेर क्षति भएकाे छ। २८ कराेडकाे क्षति भएकाे छ। यादवले तत्कालका लागि १० कराेड उपलब्ध भए सेवालाई सुचारू गर्न सकिने बताइन्। `सेवा सुचारू गर्ने प्रयत्न भइरहेकाे छ। मन्त्रीज्यूले चाँडै आर्थिक प्याकेज घाेषणा गर्छौं भन्नुभएकाे छ। प्रशाेधन केन्द्रलाई पुरानै अवस्थामा सञ्चालन गर्न प्रयासरत छौं,´ उनले भनिन्।
प्रशाेधन केन्द्रका कर्मचारीले उत्पादन बन्द हुँदा बेराेजगार हुने चिन्ता व्यक्त गर्दै पहल गरिदिन सांसद गौतमलाई अनुराेध गरेका थिए।
प्रकाशित: २१ चैत्र २०८१ १३:३३ बिहीबार