२५ चैत्र २०८१ सोमबार
image/svg+xml ११:४८ पूर्वाह्न
राजनीति

आज दुई संसदीय समितिको बैठक: विधेयकमाथि छलफल हुने

आज दुई संसदीय समितिको बैठक बस्दैछ। बिहान ११ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक हुनेछ। 

यो बैठकमा ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ माथि छलफल गर्न गठित उपसमितिको प्रतिवेदन पेश गरिनेछ। साथै, ‘निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ माथि सैद्धान्तिक छलफल पनि हुनेछ। 

त्यस्तै, बिहान साढे ११ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्नेछ। यो बैठकमा समितिको आगामी कार्यक्रमबारे छलफल गरिनेछ।

प्रकाशित: २० चैत्र २०८१ ०९:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App