जनमत पार्टीले राष्ट्रिय परिषद्को समितिको बैठक सारेको छ।
शुक्रबार (फागुन १५) मा बोलाइएको बैठक फागुन २१ गते बस्न लागिएको जनमत पार्टीका सचिवालय प्रमुख राजेश कुमार मण्डलले बताए।
शुक्रबार विभिन्न राजनीतिक दलहरूले गर्न लागेको प्रदर्शनका कारण बैठक सारिएको उनको भनाइ छ।

प्रकाशित: १३ चैत्र २०८१ १८:४५ बुधबार