२० चैत्र २०८१ बुधबार
image/svg+xml १९:२० अपराह्न
कला/संस्कृति

कवि छविरमण सिलवालको ‘डोरम्याट’ कवितासंग्रहकाे परिचर्चा

सुनकोसी वाङमय प्रतिष्ठानले कवि तथा सञ्चारकर्मी छविरमण सिलवालको कवितासंग्रह ‘डोरम्याट’ काे परिचर्चा गरेको छ।

उत्पला क्याफे बौद्धमा भएको कार्यक्रममा वरिष्ठ कवि कृष्ण बाउसेले डोरम्याटलाई नेपाली जनताको बिम्बको रूपमा कविता बुनिएको बताए। उनले भने, ‘कृतिमा केही थान सुन्दर पर्या कविताहरू पनि छन्। पर्यावरणीय दृष्टिचेतका कविता हुनु राम्रो हो।’

उनले आगामी संस्करणमा कृतिको आवरण प्रतिकात्मक होस भन्ने सुझाव पनि दिए।

कवि एवं सम्पादक विमल भौकाजीले डोरम्याट आयातित शब्द हो तर यसलाई नेपाली बोलीचाली र भाषा साहित्यले ग्रहण गरिसक्यो भन्दै यो वर्ष पढेका कविता कृतिमध्ये डोरम्याट सरल, सुललित भाषा, सरल बिम्बहरू प्रयोग गरी समसामयिकतालाई ध्यान दिएको कविता कृति भएको बताए।

कवि आरएम डंगोलले कृतिमाथि चर्चा गर्दै सामान्यतया कथ्य एउटै भए पनि त्यसलाई कसरी प्रयोग गर्ने भन्ने कविको आफ्नै शैली हुने  बताए। उनले भने, ‘समकालीन नेपाली कविताको मूलमै लेखिएका कविताहरू भएको बताउँदै कथ्यको हिसावले प्रचलित शैलीमै कविताहरू रहेका छन्।’ उनले कविता लेखन प्रतिक्रियात्मक नहुनु राम्रो भन्दै शीर्षक प्रतिकात्मक हुँदा कविता बलशाली हुने आशय व्यक्त गरे।

कवि तथा साहित्यकार नवराज रिजालले पाठकीय टिप्पणी प्रस्तुत गर्दै भने, ‘कविता जीवनसँग जोडिनुपर्दछ। गलत कुराहरूकाे सपना देखाइ जनताको भावनामा शोषण हुने गरी गलत क्रियालापप्रति कविको व्यंग छ। कविताहरूले परिवर्तन र पहिचानप्रति खवरदारी गरेका छन्।’ उनले अगाडि भने, ‘हरेक कविता जीवनसँग जोडिएको छ।’

कृतिकार एवं सभाध्यक्ष छविरमण सिलवालले लेखकीय मन्तव्य व्यक्त गर्दै समाजका अवयवहरूले कविता कोर्न आफूलाई प्रेरित गरेको बताए। विभिन्न घटनाहरूले प्रभाव पारेर कविता सिर्जना हुने बताउँदै परिष्कृत र परिमार्जित रूपमा ल्याउन आफू  तत्पर भएको बताए।

यसअघि कवि  विष्णु थापा, विश्व सिग्देल र पूर्णबहादुर श्रेष्ठले कवि सिलवालका कवितासंग्रह डोरम्याटका कविताहरू वाचन गरेका थिए।

होमशंकर बास्तोलाले स्वागत गरेको उक्त कार्यक्रममा  केशव पराजुली, बाेधराज पौडेल, लगायतले आफ्ना धारणा राखेका थिए।

कार्यक्रमको सञ्चालन प्रतिष्ठानका महासचिव साहित्यकार प्रदीप सापकोटाले गरेका थिए।मिडिया पार्टनर इखवर नेट डटकम रहेको उक्त कार्यक्रम आफूविरुद्धको आफैंको सहकार्यमा भएको हो।

उक्त डोरम्याट कृति भुँडीपुराण प्रकाशनद्धारा प्रकाशित भएको हो।

प्रकाशित: १७ चैत्र २०८१ ११:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App