१७ चैत्र २०८१ आइतबार
image/svg+xml २:४६ पूर्वाह्न
राजनीति

समाजवादी मोर्चाको बैठक बस्दै

समाजवादी मोर्चाको बैठक बस्दैछ।

बैठक बुधबार (आज) अपराह्न ४ बजे नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय, आलोकनगरमा बस्ने भएको छ।

बैठकमा समसामयिक विषयमा छलफल गर्ने नेताहरूले बताएका छन्। आउँदो १५ गते मोर्चाले काठमाडौंमा बृहत् प्रदर्शन गर्दैछ। त्यसको तयारीस्वरूप आजको बैठक डाकिएको बताइएको छ।

राजावादी घटकहरूले पनि सोही दिन काठमाडौंमै शक्ति प्रदर्शन गर्दैछन्।

मोर्चामा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी र नेपाल कम्युनिष्ट पार्टी सम्बद्ध छन्।

प्रकाशित: १३ चैत्र २०८१ १४:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App